Logo

एकै दिन ४३ जना कोरोना परास्त गर्न सफल



काठमाडौँ, २३ जेठ : आज एकै दिन ४३ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास डा देवकोटाका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १५ बर्षदेखि ४५ वर्षका तीन जना पुरुष रहेका छन् । उनीहरु सातौँदेखि ११आँै दिनमा डिस्चाज भएका हुन ।

यस्तै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र लाइन्स डेन्टल अस्पताल बाँकेबाट एक महिला र १२ पुरुष रहेका छन् । उनीहरुको अस्पताल बसाई १४ आँै दिनदेखि ३० औँ दिनसम्म रहेको छ । यस्तै कोशी अस्पताल विराटनगरबाट १६ वर्षदेखि ५७ वर्षका चार महिला र २३ पुरुष डिस्चार्ज भएका छन् । उनीहरुको अस्पताल बसाईको छैटौँँ दिनदेखि ३० औँ दिनसम्म रहेको छ ।

अहिलेसम्म कूल ३३३ जना डिस्चार्ज भएका उहाँले बताउनुभयो । तीमध्ये ६१ महिला र २७२ पुरुष रहेका छन् । अहिलेसम्म सङ्क्रमितको अस्पताल बसाई औषत दिन १५ रहेको छ । पिसिआरबाट ८८ हजार ३६६ र आरडिटीबाट परीक्षण एक लाख ३२ हजार ९६६ व्यक्तिको गरिएको छ । आइसोलेसनमा दुई हजार ५६८ र क्यारेन्टिनमा एक लाख ६६ हजार ७६५ व्यक्ति रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्