Logo

राष्ट्रपति भण्डारी शितलनिवास परिसरमा वृक्षारोपण गर्दै (फोटोफिचर)



काठमाडौं, २३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीबाट शिक्षा लिँदै वातावरण संरक्षण गर्नु हाम्रो सामूहिक दायित्व भएको बताएकी छिन् । विश्व वातावरण दिवसका अवसरमा आज ट्विट गर्दै उहाँले मानिस, अन्य प्राणी र वनस्पतिको सुरक्षित भविष्यका लागि विकासका नाममा प्रकृतिको अनियन्त्रित दोहन रोक्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेकी छिन् । विश्व वातावरण दिवस ५ जुन २०२० को अवसरमा राष्ट्रपति कार्यालय परिसरमा आयोजित वृक्षारोपण कार्यक्रममा सरिक हुँदाका केहि झलकहरू :

तस्विर स्रोत : राष्ट्रपति कार्यालय

 



प्रतिक्रिया दिनुहोस्