Logo

पृथ्वीतर्फ बढ्दैछ क्षुद्रग्रह, के छ सम्भावना



एजेन्सी, २३ जेठ । एउटा क्षुद्रग्रह पृथ्वीतर्फ बढिरहेको छ । अबको केही दिनमा उक्त क्षुद्रग्र्रह पृथ्वीको नजीक देखा पर्नेछ ।

क्षुद्रग्रह पृथ्वीको नजीकबाट जाने नासाले यसै हप्ता जानकारी दिएको थियो । ग्रह सुरक्षित दुरी कायम गरी नजीकबाट जाने नासाले जनाएको छ । यसकारण पृथ्वीतर्फ धेरै नबढ्दे र कुनै क्षतिको सम्भावना नरहेको बताइएको छ ।

ग्रह ६ जुन अर्थात् भोलि नजीक भएर जाने छ । उक्त ग्रहको आकार दूई सय ५० र पाँच सय ७० मिटरमा फैलिएको हुने अनुमान नासाको रहेको छ । ग्रहको नाम १६३३४८ (२००२ एन एच ४ ) रहेको छ । ग्रह सुर्यको परिक्रममा गर्ने क्रममा पृथ्वीको नजीक आउने गर्छ । नजीक रहेको क्रममा वैज्ञानीकहरुले उक्त ग्रहको मापन गर्नेछन् । धूमकेतु र अन्य एस्टेरोइडको गुरुत्वाकर्षणको मद्दतले क्षुद्रग्रह पृथ्वीको कक्षसम्म आउन सफल भएको हो । उक्त ग्रहमा कणहरु तरल र धूलो पर्दाथमा हुने जनाइएको छ ।

सौर्य मण्डलको सुरुवात भए देखिनै ग्रहको आकार अपरिवर्तित भएको कारण यसलाई वैज्ञानीकहरु अनुसन्धान गर्न इच्छहुक रहेका छन् । यसले पृथ्वीलाई केही असर नपारी आफ्नो गन्तव्य तग गर्ने छ । सन् २००२ मा वैज्ञानीकहरुले ग्रहको पत्ता लगाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्