Logo

दुई दिनयता काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा वर्षा



काठमाडौं, २४ जेठ । देशका अधिकांश स्थानमा बिहिबार साँझयता पानी परिरहेको छ । केह िसमय बीच बीचमा रोकिएपनि दुई दिनयता अधिकांश समय वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकामा बिहिबार साँझबाट वर्षा भइरहेको छ । अहिले विहान पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १,२, र बागमती प्रदेश मा पूर्ण बदली तथा गण्डकी, कर्णाली प्रदेशमा सामान्य बदली, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १,२, र बागमती प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी , कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन रचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती प्रदेश १,२, र बागमती प्रदेशमा पूर्ण बदली तथा गण्डकी, कर्णाली प्रदेशमा सामान्य बदली, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमतीका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार नेपालमा अरब सागरको निसर्ग चक्रवात कमजोर भई बनेको न्युन चापीय क्षेत्रको प्रभावले वर्षा भएको छ । स्थानीय तथा पश्चिम वायुको पनि प्रभाव रहेको छ ।



प्रतिक्रिया दिनुहोस्