Logo

भारत र चीनबीच सैन्य तहमा आज विहान लदाखमा वार्ता हुँदै



एजेन्सी, २४ जेठ । भारत र चीन दुवै देशको सैन्य उपस्थिति सिमा क्षेत्रमा बाक्लो भएको छ । यसलाई कतिपयले युद्धको कालो बादल भनेका छन् । स्थिति असामान्य बन्दै गएको छ । दुवै देशले स्थल र हवाई सैनिक गस्ती सिमा क्षेत्रमा बढाएका छन । यस्तो अवस्थाबीच दुवै देशले वार्ताबाट समाधान निकाल्दैछन् ।

अहिले नेपाली समय अनुसार विहान पौने नौं बजे दुवै देशका लेफ्टिनेन्ट जनरल स्तरीय वार्ता हुँदैछ । तीन तारे जर्नेल तहमा हुने वार्तामा लदाख क्षेत्रमा कमाण्ड गर्ने दुवै देशका ब्रिगेडियर जनरल पनि सहभागी हुनेछन् । सैन्य तहमा वार्ता हुनुलाई अर्थपूर्ण मानिएको छ । विश्वले यो वार्तालाई ध्यानपूर्वक हेरिरहेको छ ।

भारतका तर्फबाट तीन तारे जर्नेल जनरल हरिन्द्र सिंहले वार्ताको नेतृत्व गर्ने जनाइएको छ । उनी सैनिक हेलिकोप्टरबाट लदाखको वार्तास्थल पुग्नेछन् । उनका चिनियाँ समकक्षी गाडीबाट वार्ता स्थल पुग्ने जनाइएको छ ।

यसअघि हिजो भारत र चीन दुवै देशका राजदुतहरुले भिडियो कन्फरेन्समार्फत् शान्तिपूर्ण वार्ताबाट मतभेद अन्त गर्ने सहमति गरेका थिए । उनीहरुले विवाद बढ्न नदिनेमा जोड दिएका थिए ।

लाइन अफ एक्चुअल कन्ट्रोल भनिने भारत र चीनबीचको सिमामा पछिल्लो समय तनाव बढ्दै जाँदा सैन्य तहमा वार्ता हुन लागेको हो ।

लदाखमा चीनले सैन्य बल बढाएको छ । भारतले पनि सैनिक उपस्थिति बढाएको छ । यसले दुवै देशबीच टकरावको स्थिति बनेको थियो ।
भारतले लदाखमा पूर्वाधार विकास तिव्र पारेपछि चीनले सैन्य उपस्थिति बढाएको हो । सिक्किम, उत्तराखण्ड र लदाखमा भारत र चीनबीच विवाद छ । विवाद चर्कंदै जाँदा युद्धको खतरा समेत भएको थियो । यसअघि भारत र चीनबीच सिमा विवाद समाधानका लागि दश पटक वार्ता भइसकेको छ । तर, समस्याको समाधान निस्किएको छैन ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्