Logo

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नजिक, नेपाल बढी संक्रमित देशको सुचीमा ८३ औं स्थानमा



काठमाडौं, २४ जेठ । विश्वभर कोरोना भाइरबाट मृत्यु हुनेको संख्या ४ लाख पुग्दैछ । संक्रमित संख्या ६८ लाख नाघेको छ ।

वल्डोमिटरका अनुसार अहिलेसम्म ६८ लाख ४४ हजार संक्रमित भइसकेकोमा ३ लाख ९८ हजारको मृत्यु भइसकेको तथ्यांक छ । ३३ लाख नीको भई घर फर्किइसकेका छन् । यो झण्डै कुल संक्रमितको आधा हो ।

सबैभन्दा बढी अमेरिकामा एक लाख ११ हजारको मृत्यु भइकेको छ । त्यहाँ १९ लाख संक्रमित भइसकेका छन् । दोस्रोमा ब्राजिलमा ६ लाख संक्रमित संख्या नाघेकोमा ३५ हजारको मृत्यु भइसकेको छ ।

रुसमा साँढे चार लाख संक्रमित संख्या पुग्दा ५ हजारको मृत्यु भएको छ । स्पेनमा २७ हजार, बेलायतमा ४० हजारको मृत्यु भएको छ ।
बढी संक्रमित हुने देशको सुचीमा भारत छैंठो नम्बरमा पुगेको छ । त्यहाँ २ लाख ३६ हजार संक्रमित हुँदा ६ हजार ६ सयको मृत्यु भइसकेको छ ।

पाकिस्तान ८९ हजार संक्रमित र १८ सय मृत्युसहित १७ औं नम्बरमा छ । पाकिस्तानले चीनलाई उछिनेको छ । चीनमा ८३ हजार संक्रमित हुँदा ४ हजार ६ सयको मृत्यु भएको छ । बँगलादेशमा ६० हजार, अफगानिस्तानमा १८ हजार, नेपालमा २९ सय, मालदिभ्स र श्रीलंकामा १८ सय र भुटानमा ४८ जना संक्रमित भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्