Logo

शल्यक्रिया गर्नुपर्ने बिरामी मारमा



काठमाडौँ, २४ जेठ । देशव्यापी रूपमा कोरोना भाइरस सङ्क्रमण बद्दै गएपछि शल्यक्रिया गर्नुपर्ने बिरामी सबैभन्दा धेरै मारमा परेका छन् ।

दिनहुँ अस्पतालैपिच्छे कोरोना सङ्क्रमणका बिरामी देखिन थालेपछि अस्पतालहरूले पनि तत्काल शल्यक्रिया गर्ने बिरामीलाई कोरोना परीक्षण गरेको पीसीआर रिपोर्ट आएपछि मात्र शल्यक्रिया गर्ने हुँदा सयौँ शल्यक्रिया गर्नुपर्ने बिरामी मर्कामा परेका हुन् ।

उपत्यकाका निजी तथा सरकारी अस्पतालहरूमा दिनहँुजसो अन्य रोगको उपचार गराउन आएकामध्येलाई कोरोना पुष्टि हुन थालेपछि अस्पतालहरूले शल्यक्रिया गर्नुपूर्व पीसीआर परीक्षण गराउनैपर्ने प्रावधान ल्याएका छन् ।

केही दिनयता महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पताल, किष्ट अस्पताल बालकुमारी, थापाथलीस्थित प्रसूति गृह, नर्भिक इन्टरनेसनल अस्पताल, ग्रान्डी अस्पताल टोखा, ह्याम्स अस्पताल धुम्बाराहीलगायतका अस्पतालमा कोरोना सङ्क्रमण देखिएको छ ।

अस्पतालहरूमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेपछि अन्य बिरामीलाई समेत कोरोना परीक्षण नगरी शल्यक्रियालगायत अन्य उपचार गर्न चिकित्सक डराएका हुन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्