Logo

डिभिको नतिजा आउँदै (हेर्ने तरिकासहित)



इडिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०२०)मा भरेको इडिभीको नतिजा सनिबार रातीदेखि हेर्न सकिने छ । डिभी परे नपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ ।

डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ। डिभीको नतिजालाई काठमाडौंका डिभी भर्ने एजेन्सीहरुले निकै ठूलो विषयको रुपमा उठाएर पैसा समेत असुल्ने गरेका छन्। ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ।

नतिजा चेक गरेको पैसा लाग्दैन। डिभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिने हुनाले यसमा अन्य कुनै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहँदैन। इडिभी परेको र नपरेको थाहा पाउनका लागि  यो लिंक मा क्लिक गर्नुहोस :- https://www.dvlottery.state.gov/ESC/(S(4t04zhhjavabhhux4yxsymhn))/CheckStatus.aspx

हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन् ।डाइभर्सिटी भिसा लटरी प्रोग्रामलाई ग्रिन कार्ड लटरी कार्यक्रमको नामबाट चिन्ने गरिन्छ । र, यस कार्यक्रमअन्तर्गत अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासी जनसंख्यालाई स्थायी नागरिकता प्रदान गर्ने गरेको छ ।

वर्ष १९९० मा जब यो कानुन बनेको थियो, त्यस समय चक सुमरले यसलाई बनाउने कार्यमा अहं भूमिका निर्वाह गरेका थिए । रिपब्लिकन पार्टीका राष्ट्रपति जर्ज एच डब्लु बुसको कार्यकालमा यो कानुन पारित भएको थियो र यसलाई विपक्षी पार्टीका सदस्यहरूको भोट पनि प्राप्त भएको थियो ।

रिपब्लिकन पार्टीका सिनेटर जेफ फ्लेकले भनेका छन् कि सुमरले २०१३ मा एक प्रवासी कानुनको प्रस्ताव गरेका थिए र ग्रिन कार्ड चिट्ठा अन्त्य गर्ने कुरा गरेका थिए । यस कानुनअन्तर्गत स्थायी नागरिकताको कोटा, जो तत्कालका लागि ग्रिन कार्ड चिठ्ठाबाट प्रवासीलाई प्राप्त हुन्छ, त्यो बढी दक्ष र योग्य आप्रवासीलाई दिनुपर्ने थियो ।



प्रतिक्रिया दिनुहोस्