Logo

स्वास्थ्य मन्त्रीमा कोरोना नियन्त्रण गर्न सक्ने क्षमता देखिएनः जनस्वास्थ विज्ञ



काठमाडौं, जेठ २४ । जनस्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डेले कोरोना विरुद्धको लडाई जित्नका लागि स्वास्थ्य मन्त्री भानुभक्त ढकाल सवैभन्दा सक्षम हुनु पर्नेमा त्यस्तो हुन नसकेको टिप्पणी गरेका छन् ।

चिकित्सकीय कुरा राम्रोसँग बुझ्ने र बुझ्न सक्ने, दाताहरुसँग मिलेर श्रोत र सहयोग जुटाउन सक्ने, दैनिक १८ घण्टा खट्नु पर्ने भएपनि त्यस्तो हुन नसकेको उनको भनाई छ ।

स्वास्थ्य मन्त्रीले अस्पतालहरु, क्वारेन्टाइनहरुमा हेर्न जाने, समस्याहरु समाधान गरिदिने, सुझावहरु दिने, सहयोग गर्ने र प्रोत्साहन गर्ने हुनु पर्नेभएपनि अहिलेको स्वास्थ्यमन्त्रीमा त्यस्तो लक्षण नदेखिएको उनको भनाई रहेको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पर्याप्त समन्वय पनि गर्न नसकेकाले आपसमै धेरै विवाद र असन्तुष्टिहरु रहेको डा पाण्डेले दावी छ।

उनले स्वास्थ्य मन्त्रालयबाट धेरै कमजोरी भएको, अपेक्षित काम हुन नसकेको, नेतृत्व असक्षम र असफल भएको थाहा पाएर पनि प्रधानमन्त्री केपी शर्मा ओली मुकदर्शक भएकोप्रतिसमेत चिन्ता व्यक्त गरे ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासंग कुराकानी गर्दै उनले आगामी असार र साउनमा संक्रमण उच्च विन्दुमा पुग्ने विभिन्न तथ्यहरुले देखाएपनि सरकार उपयुक्त तयारीमा नलागेको उनको भनाई छ ।

देश भित्र नयाँ संक्रमितहरु थपिदै गएको समययमा रोकथामको अवलम्बर गर्दे परिक्षणका दायरा बढाउनु पर्नैमा अहिले नै सरकार स्वास्थ्य संकटकाल गर्न लागेकोमा समेत उनको आप्पत्ती रहेको छ ।

स्वास्थ्य संकटकाल अहिलको आवश्यकता नरहेको तर्क गर्दै उनले जनशक्ति परिचालन गर्न, निजी अस्पताल तथा श्रोत साधन प्रयोग गर्न र खरिद प्रक्रियामा सजिलो हुने भएकाले सरकार संकटकालको पक्षमा देखिएको हुनसक्ने आशंका व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्