Logo

आइसोलेसन कक्ष थपिँदै



काठमाडौँ, २४ जेठ । कोरोना सङ्क्रमित बढेसँगै जिल्लामा आइसोलेसन श्यया अपुग देखिएको छ । धवलागिरि अस्पतालको आइसोलेसन कक्ष सङ्क्रमितले भरिएको छ ।

सदरमुकामस्थित सो अस्पतालमा अहिले १६ सङ्क्रमित उपचाररत छन् । १२ श्ययाको आइसोलेसन कक्ष रहेकामा बिहीबार तत्कालै १० श्यया थपी सङ्क्रमितलाई भर्ना गरिएको थियो । पछिल्लोपटक बडिगाड गाउँपालिकाका चार, गलकोट नगरपालिकाका तीन र निसीखोला गाउँपालिकाका तीन जनामा सङ्क्रमण पुष्टि भएको थियो । अघिल्लो साता सङ्क्रमण देखिएका तमानखोला गाउँपालिकाका चार र बडिगाडका दुई जना आइसोलेसनमै छन् ।

भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेका बेला उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । जिल्लाका दशै स्थानीय तहमा गरी अहिले एक हजार ४४९ जना क्वारेन्टिनमा छन् । क्वारेन्टिनमा बसेकाको परीक्षण बढाइएसँगै सङ्क्रमित थपिने देखिएपछि आइसोलेसनको क्षमता बढाउन लागिएको हो । जिल्ला कमाण्ड पोष्टका अनुसार धवलागिरि अस्पतालमा आइसोलेसन श्यया २४ पु¥याइनेछ । सङ्क्रमित बढ्दै जाँदा उक्त अस्पतालले मात्र चाप धान्न नसक्ने हुँदा जिल्लाका अन्यत्र स्थानमा आइसोलेसन कक्ष बनाउन तयारी अघि बढाइएको हो ।

धवलागिरि अस्पतालअन्तर्गत सञ्चालन हुने गरी बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाकाको समन्वयमा धवलागिरि बहुमुखी क्याम्पसमा ५० श्ययाको ‘प्रि–आइसोलेसनकक्ष’ सञ्चालन गरिनेछ । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको समन्वयमा गलकोट प्राथमिक स्वास्थ्य केन्द्रअन्तर्गत गलकोट नगरपालिका–२ को स्वास्थ्यचौकी भवन, ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाको समन्वयमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १२/१२ श्ययाको ‘प्रिआइसोलेसन कक्ष’ बनाइनेछ । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot