काठमाडौं, जेठ २४ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठकमा आज विभिन्न आठ मन्त्रालयका लागि छुट्याइएको बजेट माथी छलफल हुने भएको छ ।
संसद सचिलायका अनुसार आज अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षि विकास मन्त्रालयसँग सम्वन्धीत बजेटका बारेमा छलफल हुने भएको हो ।
बैठकमा विभिन्न सांसदहरुले विभिन्न मन्त्रालयका लागि छुट्याइएको रकमको खर्च रकममा एकसय रुपैयाँ घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव पनि प्रस्तुत गर्ने भएका छन् ।
विहान ११ बजेपछि बस्ने बैठकमा सभामुख अग्नी सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची पनि रहेको छ ।




प्रतिक्रिया