Logo

खैरो हिरोइनसहित एक जना पक्राउ



कञ्चनपुर, २४ जेठ : कञ्चनपुरको भीमदत्त नगरपालिका–४ सब्जिमण्डी बस्ने बर्ष ४० का जीवन भट्टलाई लागुऔषध खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ । दार्चुला महाकाली नगरपालिका–४ घर भई भीमदत्तनगर बस्दै आएका भट्टलाई प्रहरीले लागुऔषध खरिद बिक्री एवं ओसारपसारको अवस्थामा पक्राउ गरेको हो ।

भट्टबाट १५ ग्राम ३५ मिलीग्राम खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताउनुभयो । भीमदत्त नगरपालिका–१८ सालघारी क्षेत्रबाट पक्राउ परेका भट्टमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको बताइएको छ ।रासस File photo



प्रतिक्रिया दिनुहोस्