Logo

यो महिना चंन्द्र र सुर्य ग्रहण दुवै लाग्ने



एजेन्सी, २४ जेठ । महामारीका बीच सम्पूर्ण नागरिकहरु घरमै बस्न बाध्य भएका छन् । यस कठिन परिस्थितीमा प्रकृतिले खुशी र तरंगित बनाउने छ । यस महिनामा आकाशमा थुप्रै रोचक गतिविधि हुने छ । जुन ५ र ६ मा चन्ंद्र ग्रहण लाग्ने छ भने जुन २१ मा सुर्य ग्रहण लाग्ने छ । यी ग्रहण लगायत यस वर्ष ४ वटा चन्द्र ग्रहण र दूई वटा सर्य ग्रहण गरी कुल ६ वटा ग्रहणको प्रभाव देखिने छ । आगामी डिसेम्बर महिनाको १४ तारिखमा सुर्य ग्रहण लाग्ने छ ।

जब सुर्यको किरणलाई चंद्रमाले ढाक्छ त्यस बेला हामी सुर्य ग्रहण भएको महसुस गर्छाैँ र जब सुर्य र चंन्द्रमाको बीचमा पृथ्वी आउँछ त्यसबेला हामी चन्द्र ग्रहण भएको महसुस गर्ने गर्छौँ । करिब ३५ प्रतिशत चन्द्र ग्रहणलाई मानिसले आफ्नो आखाँबाट देख्ने सक्दछ । यसले आखाँलाई केही प्रभाव नपार्ने जनाइएको छ । हिजो देखि सुरुवात भएको चन्द्र ग्रहणलाई एसिया, यूरोप। अन्टार्टीका, अफ्रिका, अष्ट्रेलिया र दक्षिणी अमेरिका बाट देख्न सकिन्छ ।

सुर्य ग्रहण प्रत्येक १८ महिनापछि लाग्ने गर्दछ । २१ जुनमा सुर्य र पृथ्वीको बीच चन्द्रमा आउने भएको छ । यसले सुर्य ग्रहण हुने जनाइएको छ । यस ग्रहणको बेला सुर्यको बाहिरी गोलाकारको भाग भने देखा पर्ने छ । त्यसलाई रिङ अफ फायर भनिन्छ । पूर्ण सुर्य ग्रहण अफ्रिकी भागबाट देखा पर्ने छ । २१ जुनको सुर्य ग्रहण ५ ः५५ मा लाग्ने छ । ग्रहण तीन घण्टा१८ मिनेट सम्म कायम रह्ने छ ।



प्रतिक्रिया दिनुहोस्