Logo

पेटले पानी पर्यो भनेन, के गर्नु ? (फोटोफिचर)



काठमाडौं २४ जेठ । मौसमविद्हरुले तीन दिन लगातार झरी (पानी) पर्छ भने बमोजिम दुईदिनदेखि पानी रोकिएको छैन । कोरोना भाईरस ९कोभिड १९० को महामारीले लकडाउनको पालना गर्दै घर, डेरामा सुरक्षा अपनाउँदै बसेका जनताहरुको काममा अलमलिने ठाउँ नहुँदा उनीहरुको दैनिकी लगभग खाने अनि गफ–गाफ मैं बितेको छ । लकडाउनको समयमा तरकारी बजार र रासन–पानी एक समय विहान खुलेकाले केही सहज भएपनि अन्य समाग्री पाईने पसलहरु खुल्न सकेका थिएनन् ।

चार पाँच दिन यतादेखि भने सड्क, गल्लीका फाट्ट–फुट्ट खुल्न थलेपछि लकडाउन पालना गर्नेहरुका लागि भने सहजता देखिन्छ । झरीमा छाता, बर्शादी ओडेर तरकारी किन्नेहरु र पसल खोलेर ग्रहक ढुक्नेहरुको आ–आफ्नै कथा व्यथाहरु छन् । दोलखा घर भई हाल बागबजारमा बस्दै आएकी अप्सरा सिवाकोटी हातको सब्जी देखिउँदै भन्छिन्, घर गईएन, परिवार सबै यतै छौं काम केही गर्न पाईएको छैन कोठामा बस्यो खायो दैनिकी यसरी नै चल्दै छ खाने कुरा किन्नै पर्यो पेटले पानी परेको छ भनेन कति दिनसम्म हो ।

सड्कको पेटी मैं तरकारी बेच्ने दिदी ग्राहकसँग भन्दै थिईन–पानी पर्यो साग–पात बढी ल्याईयो बिक्री नहुँने भो । झरीको बीचमा पनि पेटी मै कपडा फिँज्याएर बसेका पसले पनि भन्दैथिए, ए।।।।सर मेरो पनि फोटो खिचेर समाचारमा दिनोस् न कतै ग्राहकहरु आउँछन् कि । चिया पसले भन्दै थिए, लकडाउनले भोकमरी लगाउला जस्तो भयो हिजोदेखि खोलेको लकडाउनसँगै पानी परिरहेको छ, पसल कुर्ने सिवाय केही छैन ।

मोवाईल पसलहरुको गुनासो– मान्छे छैनन् व्यपार नै छैन । अहिले साना नाङ्ले पसलले, फलफूल व्यपारी, मझ्यौला, खुद्रा तथा थोक विक्रेताहरु सबैको एकै प्रकार गुनासाहरु रहेका छन् । आशा गरौं छिट्टै कोरोना मुक्त नेपाल अनि कोरोनाको त्रासदीरहित विजनेस व्यपार बनोस् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्