Logo

एमसिसी सम्झौता खारेज गर्न मजदूर किसान पार्टीको माग



काठमाडौँ २४ जेठ : नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले अमेरिकी सहयोग एमसिसी सम्झौता अविलम्ब खारेज गर्न माग गरे । कोभिड–१९ को प्रत्यक्ष असर पुगेका मजदूर तथा किसानलाई उचित क्षतिपूर्ति दिन तथा भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्न उनले माग गरे ।

समाजवादी पार्टीका प्रदीप यादवले आव २०७७-७८ को बजेटमा उल्लेख भएअनुसारको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै प्रदेश नं २ लाई छुट्याइएको रकम सामान्यीकरण अनुदानमा दुई अर्ब थप गर्न माग गरे । यस्तै सोही प्रदेशको समपूरक अनुदानको शीर्षकअन्तर्गत रु एक अर्ब ५० करोड थप्न उनले आग्रह गरे ।File photo



प्रतिक्रिया दिनुहोस्