Logo

भोकले मर्ने अवस्था आएपछि बाध्य भएर पसल खोलेको खुलासा (भिडिओसहित)



काठमाडौं, २४ जेठ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटवालले आफूहरुले बाध्य भएर लकडाउन उल्लंघन गरेर व्यापार व्यवसाय खुलाएको स्पष्ट पारेका छन् । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष कटवालले यस्तो बताएका हुन् । मानिसहरु रोगले भन्दापनि भोकले मर्ने अवस्था आएको उनको भनाई छ । सरकारले लकडाउनका कारण व्यापार तथा व्यवसायमा ठूलो असर परेकोलाई कुनै राहतको प्याकेज नल्याएको उनको गुनासो छ ।



प्रतिक्रिया दिनुहोस्