Logo

आइतबारदेखि मालपोत कार्यलय खोल्न विभागको निर्देशन



काठमाडौँ २४ जेठ : लकडाउनले प्रभावित सबै मालपोत कार्यलयहरु भोलि (आइतबार)देखि खुल्ने भएका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागले जेठ २५ गते आइतबारदेखि सबै मालपोत कार्यालय खोल्न निर्देशन दिएको हो।

सेवाग्रमहीको आग्रह भइरहेको भन्दै आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न विभागले निर्देशन दिएको हो । साढे २ महिनादेखि मालपोत कार्यलयहरुको समपुर्ण सेवा लकडाउनका कारण ठप्प रहेको छ ।



प्रतिक्रिया दिनुहोस्