Logo

डोल्पामा होम क्वारेन्टिनमा बसेका एक जना पुरुषको निधन, कोरोनाको रिपोर्ट पोजेटिभ



काठमाडौं, २४ थप । नेपालमा कोरोनाकै कारण थप एक जनाको निधन भएको छ । मृत्तक डोल्पाको जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुष हुन् । उनी दमको विरामी थिए । सुर्खेतमा जेठ १९ गते दमको उपचार गरी घर फर्किएका उनी होम क्वारेन्टिनमा बसेका थिए । उनको जेठ २१ गते मृत्यु भएको कुरा कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज अपरान्ह १ः५३ बजे जारी गरेको विज्ञप्तीमा जनाईएको छ । निधन भएको भोलिपल्ट अर्थात जेठ २३ गते कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको र आज जेठ २४ गते नमूना पोजेटिभ आएको हो ।



प्रतिक्रिया दिनुहोस्