Logo

२० लाख ललीपप अर्डर गर्ने मन्त्रीको जागिर चट्



एजेन्सी, २४ जेठ । मडागास्करका शिक्षा मन्त्रीले २० लाख ललीपप अर्डर गर्दा जागिर गएको छ । उनले विद्यार्थीका लागी १६ लाख नेपाली रुपैया बराबरको २० लाख पीस ललीपप अर्डर गरेका कारण उनको जागिर गुमेको छ ।

विद्यार्थीहरुले कोरोना भाइरसविरुद्व आयुर्वेदिक औषधी खाएवापत तीनवटा ललीपप दिने व्यवस्था शिक्षा मन्त्रीले मिलाएका थिए । आर्यूवेदिक औषधी तीतो हुने कारण विद्यार्थीलाई तीनवटा ललीपप दिने थिए ।तर, मडागास्करका राष्ट्रपतिले उक्त निर्णय प्रभावकारी नरहेको भन्दै उक्त व्यवस्तालाई खारेज गरेकी छिन् । पश्चिमी मुलुकको अफ्रिकी मुलुकप्रति अवलोकित मनोवृत्तीका कारण आयुर्वेदिक औषधी प्रख्यात भएको हो । त्यसकारण आर्यूवेदीक औषधीलार्ई उनले खारेज गरेका हुन् ।

प्रायः अफ्रिकी मुलुकहरुले कोरोना भाइरसविरुद्व लड्न आर्यूवेद औषधी प्रभावकारी हुन सक्ने अनुमान गर्दै प्रयोगमा ल्याइरहेको छ । विश्व स्वास्थ्य संगठनले भने कोरोना विरुद्व कुनै औपचारिक औषधी नबनेको जीकीर समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्