Logo

डोल्पाका मृतकको तेस्रो दिन संकलित नमुना प्रयोगशालामा, पाचौं दिन कोरोना पुष्टि



काठमाडौं, २४ जेठ । २० जेठमा मृत्यु भएका डोल्पाका ५८ वर्षीय पुरुषको नमुना परीक्षणका लागि स्वाब संकलन गर्न निकै कठिन भएको खुलेको छ । स्थानीय स्वास्थ्यकर्मीलाई नमुना संकलन गर्न लगाइएकोमा २२ जेठमा मात्र प्रयोगशाला पुर्याइएको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा दुई दिन लगाएर नमुना पुगेको र आज मात्र कोरोना भाइरसको संक्रमण पत्ता लागेको हो । नमुना परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशाला पुर्याउने देखि नतिजा आउने सम्मको समय पाँच दिन रहेको छ ।

भौगोलिक विकटनाता कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली डोल्पा पुग्न सकेन । जसका कारण निकै कठिनाईका साथ नमुना जुम्ला पुर्याइएको थियो ।

doctor in the laboratory with a blood tube for analysis and sampling of Coronavirus under the microscope / microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

जगदुल्ला गाउँपालिका-३ का ती पुरुषको २० जेठमा नै मृत्यु भएकोमा स्वाब परीक्षणका क्रममा कोरोना भाइरसको पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले उनको कोरोना भाइरस भएको पुष्टि गरेका हुन् ।

सुर्खेतमा कामको सिलसिलामा अस्थायी रुपमा बस्दै आएका उनी १६ जेठमा डोल्पा पुगी घरमै बसेका थिए । उनको होम क्वारेन्टाइनमै २० जेठमा मृत्यु भएपछि परीक्षणका लागि स्वाब लगिएको थियो ।

आजको मृत्यु पुष्टिसँगै नेपालका कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । कुल मृतकमध्ये १० पुरुष र २ महिला छन् ।



प्रतिक्रिया दिनुहोस्