Logo

सरकारमा बसेकाहरू कसरी कार्पेटको व्यवस्था गर्ने हो भनी मस्त छन् : सांसद रिजाल



काठमाडौं, २४ जेठ । प्रमुख प्रतिपक्षी दलका सांसद डा. मिनेन्द्र रिजालले सरकारमा बसेकाहरू कसरी कार्पेटको व्यवस्था गर्ने हो भनी मस्त रहेको गम्भीर टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । पूर्वमन्त्रीसमेत रहेका सांसद रिजालले सरकारको काम कोरोना पीडित जनतालाई राहत दिनेमा भन्दा पनि विलाशितामा लागेको आरोप लगाए । सरकारले जनताको दुःखको घाउमा नून छर्किएको उनको गुनासो छ । जनतालाई पीडामा साथ दिनको लागि सबै मिलेर काम गर्नुपर्ने पनि उनले राष्टिय अठोटको आवश्यकत्ता औंल्याएका छन् । तस्विर सौजन्य : संघीय संसद सचिवालय

हेरौं भिडिओमा :



प्रतिक्रिया दिनुहोस्