‘नो एमसीसी’, ‘ब्याकअप एमसीसी’ भन्दै माईतीघरमा आजपनि विरोध प्रदर्शन (फोटोफिचर )

'एमसीसी घाँस देखाएर नेपालीहरुलाई खसी बनाउँदै शासन गर्न आएको हो'


काठमाडौं, २४ जेठ । माईतीघर मण्डलामा आज पनि एमसीसीको विरोध प्रदर्शन जारी राखिएको छ । एमसीसी खारेज नहु्न्जेलसम्म आन्दोलन जारी राख्ने उद्घोअनुसार आज पनि माईतिघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो । आन्दोलनकारीहरुले नो एमसीसी, ब्याकअप एमसीसी, नेपाल र नेपालीहरुलाई दास बनाउने एमसीसी चाँहिदैन जस्ता नारा लगाएका थिए ।

मण्डलामा एमसीसी विरोधको नेतृत्व गरिरहेका बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले गरेका थिए । उनले अहिलेको करिब दुईतिहाईको कम्युनिष्ट सरकार क्रिश्चियनहरुको पैसाले चलेको र नेपाललाई अफगानिस्थान बनाउन खोजेको आरोप लगाए । होलीवाईन काण्डको उदाहरण दिदै न्यौपानेले भने–’एक समय जनताको टाउको छिनाउनेहरु अहिले एमसीसी मार्फत नेपालीहरुलाई विदेशीको गुलाम बनाउन खोज्दै छन् यो कदामी स्वीकार्य हुने छैन । उनले एमसीसी घाँस देखाएर नेपालीहरुलाई खसी बनाउँदै नेपालमा शासन गर्न आएको हो ।’

अधिवक्ता न्यौपानेले यो देशलाई समाप्त पार्न भारतीयहरुलार्ई नागरिकता दिने, १२ बुँदे सम्झौता गरेर संविधान जारी गर्ने, धतुरो रोपेर गुलाव फुलाउँछौँ भन्ने, जनताको पैसाले करोडौंको गाडि किन्ने, कार्पेट किनेर ऐस आराम गर्ने देश, जनतामाराहरुलाई जेलमा कोच्नुपर्ने माग गरे । ‘ज्यान मार्नेहरुले एक जनाको ज्यान मार्छ भने एमसीसी मार्फत यिनीहरुले तीन करोड नेपालीहरुलाई मार्ने काम गर्दैछन्-‘ अधिवक्ता न्यौपानेको आरोप थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम