Logo

कारोनाविरुद्व लड्ने खोपको २० लाख डोज तयार भइरसकेको ट्रम्पको दाबी



एजेन्सी, २४ जेठ । अमेरिकासंग कोरोना भाइरसविरुद्व प्रभावकारी खोप तयारी अवस्थामा रहेको अमेरिकी राष्ट्रपति ट्रम्पले दाबी गरेका छन् । शुक्रबार उनले एक पत्रकार सम्मेलनमा खोप तयार अवस्थामा रहेको दाबी गरेका हुन् ।

खोपको निर्धारण वैज्ञानिकले गर्न बाकीरहेको ट्रम्पले जनाएका छन् । उनले सम्मेलनमा कुन कम्पनीले निर्मण गरेको भन्ने विषय अन्योल नै राखेका थिए । न्यू योर्क टाइम्सका अनुसार उनले पाँच प्रख्यात कम्पनीलाई खोप निर्माण गर्न मद्दत गरिरहेको उल्लेख गरिएको छ । प्रख्यात वैज्ञानिक एन्थोनी फउचीले आफूलाई यसबारे कुनै जानकारी नरहेको स्पष्ट पारेको छन् ।

खोप निर्माण गर्न दौड चलिरहँदा मुख्य कम्पनीहरुले आफ्नो खोप अनुमोदन हुनु भन्दा पहिलै उत्पादन प्रक्रियामा गइसकेको जनाइएको छ । कोरोना भाइरस विरुद्वको कदम प्रभावकारी रहेको र चिकित्सकहरुद्वारा गरिएको काम सराहनिय रहेको ट्रम्पको भनाइ रहेको छ । भाइरसविरुद्वको लडाईमाथि छिट्टै जीत हासिल गर्ने विश्वास ट्रम्पले व्यक्त गरेका छन् । भाइरसविरुद्वको सिरिन्च र निडलका लागी अमेरिकाले १०० करोड खर्च गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्