Logo

सरकारद्वारा लकडाउन खुकुलो बनाउदै लैजान तयारी तीब्र



जेठ २४, काठमाण्डौ । सरकारले लामो समयदेखिको लकडाउनका कारण जनजीवन कष्टकर बन्दै गएपछि क्रमश लकडाउनलाई खुकुलो बनाउदै लैजान तयारी तीब्र पारेको छ । सिंहदरबारमा शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सहज बनाउँदै लैजाने विषयमा तयार गरेको मस्यौदामाथि छलफल भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले स्वास्थ्य मन्त्रालयद्वारा जारी स्वास्थ्य सुरक्षा मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्डमा रहेर औद्योगिक र निर्माणजन्य उद्योग, व्यवसाय सञ्चालन गरिने गरि मस्यौदा तयार गरिएको र त्यसमा छलफल भएको जानकारी दिएका हुन् ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तय गर्न समितिलाई निर्देशन दिएको थियो। नेपालमा चैत ११ देखि लकडाउन लागू भएकोमा पटकपटक लम्ब्याइँदै आइएको छ । पछिल्लो समय ३२ जेठसम्मका लागि लकडाउन कायम गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्