Logo

कुन प्रदेशमा कति कोरोना परिक्षण ? संक्रमितको विवरण यस्तो छ



जेठ २४, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल २ लाख २९ हजार ९ सय १४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म हालसम्म ९२ हजार ४ सय ७७ जनाको पिसीआर परीक्षण र १ लाख ३७ हजार ४ सय ३७ को आरडीटी टेस्ट सम्पन्न भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा ४ हजार १ सय ११ वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट ५ हजार ५ सय ७० वटा परिक्षण भएको छ । दुवै विधि गरेर पछिल्लो २४ घण्टामा ९ हजार ६ सय ८१ वटा परीक्षण भएको छ ।

अहिलेसम्म प्रदेश एकमा १३,०८९, प्रदेश दुईमा ९३५६, बागमति प्रदेशमा २६,७६३ गण्डकी प्रदेशमा ९३५०, प्रदेश पाँचमा ३१,७८० सुदूरपश्चिम प्रदेशमा २९ हजार ८ सय ७८ र कर्णाली प्रदेशमा १७,२१९ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा १ लाख ६८ हजार ३१ जना रहेका छन् । तिमध्ये प्रदेश एकमा ४३०३, प्रदेश दुईमा २१०९२, बागमित प्रदेशमा ३५१३, गण्डकी प्रदेशमा ५३९८, प्रदेश पाँचमा ४१ हजार २ सय १७, कर्णाली प्रदेशमा ३२,२६५ र सुदुर पश्चिम प्रदेशमा ६० हजार २ सय ४३ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

शनिबार साँझ ५ बजेसम्म प्रदेश एकमा १७०, प्रदेश दुईमा ९४३, बागमति प्रदेशमा ५५, गण्डकी प्रदेशमा ७०, प्रदेश पाँचमा ९६१, कर्णाली प्रदेशमा ५६७ र सुदूरपश्चिम प्रदेशमा ९१ जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । २ हजार ८ सय ५७ जना संक्रमितको आइसोलेनमा उपचार हुँदै छ ।

त्यसैगरी अहिलेसम्म ३ सय ६५ जना उपचार पछि निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेहरुमध्ये प्रदेश एकमा ७९, प्रेदशमा दुईमा १३३, बागमति प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश पाँचमा ९६, कर्णाली प्रदेशका ९ र सुदुरपश्चिम प्रदेशमा १३ जना रहेका छन् । पुरुष २ सय ९९ र महिला ६६ जना उपचारपछि निको भएर घर फर्किएका हुन् । पछिल्लो २४ घण्टामा ३२ जना निको भएर घर फर्किएका हुन् ।



प्रतिक्रिया दिनुहोस्