Logo

लकडाउन खुकुलो पार्ने पहिलो चरणको छलफल; कृषि र निर्माणसम्बन्धी उद्दोग कलकारखाना र व्यवसाय सञ्चालन प्राथमिकतामा



काठमाडौं, २४ जेठ । सरकारले लकडाउन खुकुलो बनाउने कार्ययोजनाको मस्यौदालाई टुंगोमा पुर्याउने तयारीलाई गति दिएको छ । आज कोभिड १९ रोकथामसम्बन्धी उच्चस्तरीय संयन्त्रको बैठकले मस्यौदाबारे पहिलो चरणको छलफल गरेको हो ।

पहिलो चरणको छलफलमा अत्यावश्यक सेवाका अलावा निर्माणजन्य उद्दोग कलकारखाना र व्यवसायलाई प्राथमिकताका साथ सञ्चालन दिने मस्यौदा बनाइएको संयन्त्रका सदस्य समेत रहेका प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारीले जानकारी दिए । उनका अनुसार बैंकिङ कारोबार, कृषिजन्य उद्दोग व्यवसाय, अत्यावश्यक सेवामा पर्ने अस्पताल तथा प्रयोगशाला पूर्ण रुपमा सञ्चालन गरी चरणवद्ध रुपमा सहजीकरण गर्दै जाने कार्ययोजनाको मस्यौदा तयार भएको छ । मस्यौदाबारे निर्णय नभइसकेको र अझै छलफल गरी तयार गरिने बिडारीले बताए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा भएको छलफलमा विकास निर्माणलाई प्राथमिकताका साथ सञ्चालन गर्नेबारे मस्यौदामा उल्लेख भएको बुझिएको छ । विशेषगरी भौतिक पूर्वाधार निर्माणलाई अगाडि बढाउने गरी त्यससम्म सम्बन्धी क्षेत्र सञ्चालनमा ल्याउने मस्यौदामा समावेश भएको छ ।

कोरोना रोकथामका लागि सुरक्षाको मापदण्ड पालना गरी संचालन गर्ने वर्कआउट गर्ने गरी छलफल भएको उनको भनाई थियो ।

के के खुल्ने
बैंकिङ कारोबार
कृषिजन्य उद्दोग व्यवसाय
अत्यावश्यक सेवामा पर्ने अस्पताल तथा प्रयोगशाला
निर्माणजन्य उद्दोग धन्दा कलकारखाना र व्यवसाय चलाउँदै लैजाने र विकास निर्माण गर्दै जाने



प्रतिक्रिया दिनुहोस्