Logo

मेस्सी प्रशिक्षणको लागि नाउ क्याम्पमा



स्पेन, २४ जेठ । स्पेनिश जायन्ट बार्सिलोनाका कप्तान लियोनल मेस्सी प्रशिक्षणको लागि क्लबको मैदान नाउ कम्याम्पमा देखिएका छन् । कोरोनाको कारण युरोपियन फुटबल प्रतियोगिताहरु अहिले स्थगित् भएका छन् । ला लिगा भने यही जुन ११ तारिखबाट सुरु हुँदैछ ।

यो सत्रमा मेसी र स्वारेजको सहकार्यमा सबै प्रतिस्पर्धामा बार्सिलोनाका लागि कूल ३८ गोल भएका छन् । बार्सिलोनाले रियल मेड्रिडलाई दुई अङ्कले नेतृत्व गर्दै तालिकामा अग्रता हाँसिल गरेको छ भने अझै ११ खेल हुन बाँकी छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्