Logo

साइकल चढ्न लाइसेन्स चाहिने त्यो समय



काठमाडौं, २४ जेठ । साइकल चढ्न आजकल लाइसेन्स चाहिदैन । विना लाइसेन्स साइकल चढ्न पाइने भएपनि यसमा आकर्षण घटेको छ । मानिसहरु स्वचालित यातायातको साधन चलाउने बानी परिसकेको छ । तर, यस्तो समय थियो जतिबेला मानिसहरु विना लाइसेन्स साइकल चलाउन पाउँदैनथिए ।

साइकल भएको व्यक्तिको प्रतिष्ठानै फरक हुन्थ्यो । हुनेखानेका लागि मात्र साइकल सहज थियो ।

यो २०२३ सालतिरको लाइसेन्स हो । जसमा कनैया लाल भगतको नामको लाइसेन्स छ । विराटनगर नगर पञ्चायत ८ को यो लाइसेन्स चैम्पियन साइकलको हो । जसमा लाइसेन्स दिने अधिकारीको हस्ताक्षर छ भने साइकलको नम्बर पनि छ ।



प्रतिक्रिया दिनुहोस्