Logo

गण्डकी प्रदेशमा ३८ जनामा कोरोना पुष्टि



पोखरा, जेठ २५ । गण्डकी प्रदेशमा आईतबार थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित मध्ये स्याङजामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना रहेका छन् ।

नयाँ संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभको संख्या १ सय १३ पुगेको छ भने प्रदेश अन्र्तगतका मनाङ र मुस्ताङ जिल्ला बाहेक सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्