Logo

संघीय सरकारले बेलैमा मापदण्ड नबनाउँदा सुदूरपश्चिमले सजाय भोग्दैः मुख्यमन्त्री भट्ट



काठमाडौं, जेठ २५। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारले देश बाहिर रहेका नेपालीहरुलाई ल्याउने र आवस्यक क्वारेन्टिनको मापदण्ड सुरुमै बनाउन नसकेकाले प्रदेशमा समस्या जटिल बन्दै गएको बताएका छन् । सुरु देखिनै भारतबाट आउने नेपालीहरुलाई आउन नदिन संघीय सरकारको कमजोरी भएको उनको भनाई छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै मुख्यमन्त्री भट्टले कोरोना संक्रमणको अवस्था नियन्त्रण भन्दा बाहिर नगए पनि समस्या भने जटिल बन्दै गएको बताए । भारतमा रहेका नेपाली नागरिकहरु नेपाल फर्कन थालेपछि संक्रमितको संख्या बढीरहेकाले समस्या जटिल भएपनि भयवह कै स्थिति भने नभएको उनको दावी छ ।

उनले संघीय सरकारलाई एउटा भएपनि पीसीआर मेसिन उपलब्ध गराउन आग्रह गर्दा पनि नआएको भन्दै अहिले भएको एउटा मेसिनले दैनिक १५० भन्दा बढीको परिक्षण गर्न नसकिएको बताए । एउटा पीसीआर मेसिनले ६५ हजार माथि क्वारेन्टिमा भएकालाई परिक्षण गरेर भ्याउने अवस्था नभएको भन्दै अहिले सम्म लुकेर गएका बाहेका विना परिक्षण कसैलाई पनि घरजान नदिएको मुख्यमन्त्रीको भनाइ छ ।

भट्टले भने,‘९ वटै जिल्लामा हेलिकोप्टरबाट सस्वाब लिने काम भएका छन् । अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिरहेका संक्रमितहरु अहिले सम्म मरेको अवस्था छैन । अहिले विना लक्षण संक्रमण देखि थालेकाले केहि समस्या भएको हो । परिक्षणको दायरा बढाउन आवस्यक सामाग्रीहरु अभाव छ ।’

उनले संघीय सरकारले सहयोग नगरेकाले प्रदेश सरकार आफैले पनि आवस्यक सामान खरिद गर्न लागिएको बताउदै पछिल्लो समयमा भारत लगायतका देशबाट आउनेको संख्या बढेकाले व्यवस्थापनमा समस्या आएको बताए । भट्टले सरकारले सक्दो काम गरिरहेको दावी गर्दै अहिले सम्म ६५ हजार व्यक्तिलाई क्वरेन्टिनमा राखिएको अवस्थामा सरकारले काम गरेन भन्न नमिल्नेसमेत बताए ।

उनले संघीय सरकारले सुरुकै अवस्थामा उचित निति बनाउन नसकेकाले अहिले आएर समस्या भएको दावी गरेका छन्। अहिले आफुहरुले सवैसँग छलफल गरिरहेको र प्रदेश सरकारबाट केहि कमि कमजोरी भएपनि सक्दो प्रयास भइरहेको उनको भनाई छ ।

अरुकारण मरेका छैनन । क्वारेन्टिनमा पनि मापदण्ड बदल्नुपर्ने अवस्था देखिएको छ । देशभरी एकै मापदण्ड बनाएर नगए सम्म समस्याको समाधान हुन सक्दैन । क्वारेन्टिमा भद्रगोल नै भएको हैन केहि कम्जोरी चाहि भएको छ ।’उनले बताए ।



प्रतिक्रिया दिनुहोस्