Logo

स्वास्थ्यमन्त्री ढकालको क्षमतामाथि उठ्यो प्रश्न, विज्ञ भन्छन्-‘उहाँ यो मन्त्रालयमा फिट हुुनुभएन’ (भिडिओसहित)



काठमाडौं, २५ जेठ । जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले नेपालमा कोरोना संक्रमणको ग्राफ बढ्दो गतिमा रहेको र नेपालका ९० प्रतिशत संक्रमितहरु भारतबाट आएका नेपालीहरु भएको पनि स्पष्ट पारेका छन् । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. पाण्डेले भारतमा बस्ने नेपालीहरुलाई सुरुमै ७ दिनको समय दिएर ‘ल तपाईहरु आउनुहोस’ भनेर आउन दिएको भए आजको स्थिति आउने थिएन भन्ने धारणा राखे । सरकारले व्यवस्था गरेका क्वारेन्टिनहरु अव्यवस्थित् भएकोले क्वारेन्टिनमा बस्ने एक जनामा मात्रै संक्रमण हुँदा सबैलाई सर्ने सम्भावना रहेको पनि उनले सुनाए ।

जेठ २० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टिनमा बसेकाहरुलाई कोरोनाको लक्षण देखिएमा मात्रै पिसिआर परीक्षण गर्ने नत्र १४ दिन राखेर घर पठाउने भनेर जारी गरेको निर्देशिका नै गलत भएको पाण्डेको दाबी छ । पाण्डेले वर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कानून, शिक्षा वा अरु कुनै मन्त्रालयको जिम्मेवारी दिँदा राम्रो हुने तर्क पनि गरे । उनले भने-‘उहाँ स्वास्थ्य मन्त्रालयमा फिट हुनुहुन्न, स्वास्थ्य मन्त्रालयमा यस्तो नेतृत्व हुनुपर्छ अहिले, उसको लिडरसिपमा देश चल्न सकोस् । दाताहरुसँग डिल गर्न सकोस् । जनस्वास्थ्यसँग सम्बन्धित राम्रो नलेज भएको होस् । स्वास्थ्य मन्त्रीले २५ वटा राजदूतहरुलाई बोलाएर हामीलाई यो यो सहयोग गर्नुहोस, यो यो किट्स पठाईदिनु, यो यो सामान पठाईदिनु भनेर रिक्वेष्ट गर्ने हो भने त्यो स्थिति आउँदैनथियो । अहिलेको स्वास्थ्यमन्त्रीको क्षमता भएको एउटा क्षेत्र हो, तर उहाँले सम्हाल्नु पर्यो अर्के क्षेत्र । त्यही भएर अहिले स्वास्थ्य क्षेत्रमा भद्रगोल स्थिति देखापरेको छ ।’



प्रतिक्रिया दिनुहोस्