Logo

३२ प्रहरीलाई कोरोना संक्रमण, १४ जना निको भए



काठमाडौैं, २५ जेठ । कोरोना नियन्त्रणमा अग्रपंक्तिमा बसेर काम गरिरहेका प्रहरीमाक कोरोना संक्रमण बढीरहेको छ । ३२ जना प्रहरी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

शनिबार थप दुईजना प्रहरीको रिपोर्ट पोजिटिभ आएसँगै प्रहरीमा संक्रमण हुनेको संख्या ३२ पुगेको हो । प्रहरी अस्पतालमै रहेका दुई प्रहरीमा संक्रमण देखिउको हो । डिआईजी निरजबहादुर शाहीका अनुसार संक्रमितमध्ये १४ जना प्रहरी निको भएर होम क्वारेन्टाइनमा छन् । बाँकीको विभिन्न अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

प्रदेश नम्बर २ मा २२ प्रहरी संक्रमित भएका छन् । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले आफ्नो क्षेत्रमा खटिएका प्रहरी निरीक्षकसहित २२ जनामा संक्रमण देखिएको र त्यसमध्ये ७ जना निको भएर ब्यारेकमै आराम गरिरहेका छन् । सिंहका अनुसार २ नम्बर प्रदेश सभामा खटिएका प्रहरीका ५ मर्यादापालक समेत संक्रमित छन् ।

‘प्रदेश २ मा क्वारेन्टाइन सुरक्षा, प्रदेश सभाका मर्यादापालक र नागरिकसँग दैनिक जोडिने सेवा प्रवाहमा खटिएका प्रहरीमा संक्रमण देखिएको छ,’ सिंहले भने, ‘आफ्नै सहकर्मीमा संक्रमण देखिएपनि कतिपय सुरक्षाकर्मीमा भय र त्रासको वातावरण त सिर्जना भएको छ, तरपनि जोखिमकाबीच सावधानी अपनाएर खटिदै आएका छौं ।’

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले सावधानी अपनाएर डिउटीमा खटिन निर्देशन दिएका छन् । फिल्डमा खटिदा पर्याप्त सुरक्षा सामाग्री नहुँदा पनि प्रहरी जोखिममा छन् ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्