Logo

बामदेवले खास मान्छेहरुलाई मास्क बोकाई किन प्युठान उकाले



काठमाडौं, २५ जेठ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले प्युठानमा एक लाख प्रति मास्क लगायत स्वास्थ्य सामाग्री पठाएका छन् । उनका खास मान्छेहरु उक्त सामाग्री बोकेर यतिबेला प्युठान पुगेका छन् ।

बामदेवले पठाएको स्वास्थ्य सामाग्रीमा मास्कका अलाला दर्जन जटि थर्मल गन, पिपिईलगायत छन् । यति ठुलो परिमाणको स्वास्थ्य सामाग्री उनले पाल्पामा किन पठाएनन् भन्ने प्रश्न उठेको छ । उनी चुनाव लड्दै आएको बर्दियामा पनि पठाउन सक्थे । त्यो पनि गरेनन् ।

पाल्पामा दलबहादुर रानालाई फिर्ता बोलाएर बामदेवलाई चुनाव लडाउने र प्रधानमन्त्री बनाउने चर्चा चलेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा प्रधानमन्त्री बनाउने प्रस्ताव राखेकै थिए । पाल्पामा गौतमले यसपटक स्वास्थ्य सामाग्री नपठाउनुले उनले चुनावी क्षेत्र नबनाउने निश्चित जस्तै भएको छ ।

अब गौतम बर्दियाबाट प्युठानतिर उक्लेको संकेत मिलेको छ । प्युठानमा राष्ट्रिय जनमोर्चाको गढ मानिन्छ । तर, गौतमले आवधिक चुनावको अढाई वर्षमै सक्रियता बढाउन थालिसकेका छन् । अर्को चुनावमा उनको रोजाई प्युठान हुनसक्छ । त्यसैले उनका खास मान्छेहरु त्यहाँ कोभिड १९ को बेलामै राहत देखि स्वास्थ्य सामाग्री पुर्याउन दौडिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्