Logo

नरभक्षी बाघलाई आजीवन खोरमा थुन्ने सजाय



यो भारतको महाराष्ट्र राज्यको जङ्गलमा भौतारिने बाघ हो । अब यसले भौतारिन पाउने छैन । आजीवन खोरभित्र बस्नुपर्नेछ । मान्छे मारेवापत भारतको वन कार्यालयले यस्तो सजाय दिएको हो ।

सन् २०१८ मा यो बाघ समाचारमा हेडलाइन बनेको थियो । बाघले तीनजनाको ज्यान लिएको थियो । नरभक्षी बाघलाई भोपालको वन विहार लगिएको छ । जहाँको खोरभित्र यसले जीवन बिताउनुपर्ने हुन्छ ।

मान्छे मारेर खाएपनि यसलाई जङ्गलमै बस्न मौका दिइएको थियो । तर, यसले मानव वस्तीमा पसेर आक्रमण गर्न छाडेन । मान्छेको रगतको स्वाद पाइसकेको यसले नरभंक्षी स्वभाव छाडेन । त्यसपछि वन अधिकृतहरु खोरमै राख्ने निर्णयमा पुगे ।

१८० केजी तौलको भाले बाघ सन् २०१८ को ५ महिना अवधिमा ५१० किलोमिटर भौतारिएर महाराष्ट्रबाट मध्यप्रदेशसम्मको मार्गमा तीनजनाको हत्या गरेको थियो । बाघले १९ अक्टोबरमा महाराष्ट्रको मंग्रुल डस्टागिरमा २२ अक्टोबर अञ्जानसिंगीमा गरी दुईजना र अर्का व्यक्तिको भोपालको सतपुरामा मान्छे मारेको थियो ।- एजेन्सीको सहयोगमा Photo Source: TOI



प्रतिक्रिया दिनुहोस्