Logo

जनता समाजवादीमा तीन अध्यक्ष, कस्ले के पाउने टुंगो लाग्यो



काठमाडौं, २५ जेठ । अन्ततःसमाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच एकताबाट बनेको जनता समाजवादी पार्टीमा तीन अध्यक्ष रहने भएका छन् । लामो गृहकार्यपछि महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई गरी तीनजना अध्यक्ष सहमति भएको हो ।

आज तीन अध्यक्ष बनाउने टुंगो लागेपछि जसपा निर्वाचन आयोगमा दल दर्ताका लागि कागजपत्र लिएर पुग्ने भएको छ । तीन अध्यक्षमा ठाकुर पहिलो वरियतामा, यादव दोस्रो र भट्टराई तेस्रो वरियतामा हुनेछन् । जसपा नेता महेन्द्र राय यादवले तीन अध्यक्ष रहने सहमति भएको बताएका हुन् । उनले आजै दल दर्ताका लागि निर्वाचन आयोगमा जान लागेको जानकारी दिउ ।

सहमति बन्न निकै कठिन भएपछि अशोक राई र राजेन्द्र महतोले पनि पदाधिकारीको जिम्मेवारी पाउनेछन् । उनीहरु दुवैजना उपाध्यक्ष या महामन्त्री बन्नेछन् ।

१० वैशाखको राति अचानक समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच मध्यराति एकता सम्झौता भएको थियो । समाजवादी पार्टी फुटको संघारमा पुगेपछि अचानक एकता गरी विभाजन रोकिएको थियो ।

विगतमा उपेन्द्र यादवको मधेशी जनअधिकार फोरम र अशोरक राई नेतृत्वको पार्टी मिलेर संघीय समाजवादी पार्टी बनेको थियो । उक्त दलमा बाबुरामको नेतृत्वको नयाँ शक्ति नेपाल मिलेपछि समाजवादनी पार्टी बनेको थियो । अहिले राजपासँग समाजवादी जोडिएपछि जनता समाजवादी पार्टी बनेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्