Logo

जसपाको पदाधिकारी विवाद टुँगो लाग्यो, दल दर्ताको लागि नेताहरु निर्वाचन आयोगमा



काठमाडौं, २५ जेठ । जनता समाजवादी पार्टी, नेपालका नेताहरु दल दर्ताको लागि निर्वाचन आयोगमा पुगेका छन्। लक्ष्मणलाल कर्णको नेतृत्वमा नेताहरु आयोगको कार्यालयमा पुगेका हुन् । पार्टीभित्रको पदाधिकारी विवाद हल भएपछि नेताहरु दल दर्ताको लागि आज आयोगको कार्यालयमा पुगेका हुन् । नयाँ सहमतिअनुसार पार्टीमा तीन अध्यक्ष रहने व्यवस्था गरिएको छ । तीन जना अध्यक्षमा महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई रहनेछन् । त्यस्तै, पदाधिकारीमा वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई पनि रहनेछन् । File Photo



प्रतिक्रिया दिनुहोस्