Logo

दाउद इब्राहिमलाई कोरोना संक्रमण नभएको दाबी



एजेन्सी, २५ जेठ । अन्डरवल्ड डन दाउद इब्राहिम र उनकी पत्नीलाई कोरोना भाइरसको संक्रमण भएको खुफिया एजेन्सीको रिपोर्टको उनको परिवारले खण्डन गरेको छ । दाउदका भाई अनिस इब्राहिमले यो रिपोर्टको खण्डन गरेका हुन् ।

खुफिया एजेन्सीको रिपोर्ट भन्दै भारतीय मिडियाले दाउद र पत्नीलाई कोरोना संक्रमण भई कराँचीस्थित अस्पतालमा उपचारका लागि लगिएको खबर बाहिर ल्याएपछि अनिसले त्यसलाई झुट भनेका छन् । समाचार एजेन्सी आइएएनएसले दाउद र परिवार संक्रमित नभएको अनिसको भनाई उल्लेख गरेको हो । तर, दाउद कहाँ छन् भन्नेबारे उनले केही नबताएको भनिएको छ । दाउदको पाकिस्तान र दुबईमा व्यवसाय रहेको छ ।

खुफिया एजेन्सीको रिपोर्ट अनुसार दाउद र उनकी पत्नी कोरोना भाइरसको संक्रमित भएपछि व्यक्तिगत स्टाफ र गार्डहरुलाई समेत क्वारेन्टाइनमा राखिएको उल्लेख थियो । पाकिस्तानी खुफिया एजेन्सी आइएसआइसँग जोडिएका भनिएका दाउद सन् १९९३ मा भारतको मुम्बईमा भएको श्रृंखलावद्ध विष्फोटका दोषी हुन् । उनी भारतले सर्वाधिक खोजी गरेका व्यक्ति हुन् । भारतीय नागरिक दाउदको सँसारका धेरै देशमा प्रत्यक्ष अप्रत्यक्ष व्यवसायिक लगानी रहेको बताइन्छ । उनको कम्पनि डी कम्पनिका नामले चिनिन्छ ।

दाउदको बलिउडमा पनि प्रभाव रहेको बताइन्छ । दाउद दशक अघि साउदी अरेबियामा पक्राउ परेपनि भाग्न सफल भएको खबर आएको थियो ।



प्रतिक्रिया दिनुहोस्