Logo

रगत उमाल्ने अभिव्यक्ति दिने सांसदलाई सचेत गराउन सभामुखसँग सांसद चौधरीको आग्रह (भिडिओसहित)



काठमाडौं, २५ जेठ । राजपा नेपालकी सांसद चन्दा चौधरीले नेकपाकी सांसद गंगा चौधरी सत्गौवाको भनाइमा आपत्ति जनाउँदै तत्काल उनको भनाई संसदको रेकर्डबाट हटाउन माग गरेकी छिन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजित बजेटको खर्च कटौतीमाथिको प्रस्तावमा बोल्ने क्रममा सांसद चौधरीले सांसद गंगा चौधरीको अभिव्यक्तिको खण्डन गरेकी हुन् । गंगा चौधरीले केही दिन अघि सांसद सरिता गिरीलाई भारतीय चेलीले संसदमा दादागिरी गरेको भनेर टिप्पणी गरेकी थिईन् । सो दिनको संसद बैठकमा सांसद गिरी उपस्थित् थिईनन् ।

सोही विषयलाई लिएर सांसद चन्दा चौधरीले सांसद गंगा चौधरीले भनेको विदेशी चेलीको दादागिरी भन्ने शब्द हटाउन सभामुख अग्नि प्रसाद सापकोटासँग आग्रह गरिन् । चौधरीले यसो भन्दै गर्दा सभामुख सापकोटाले उक्त विषयमा आफूले रुलिङ गरिसकेको सुनाए । र, त्यस सम्बन्धमा आफूले सवै विवरण लिएर कार्यव्यवस्था समितिमा छलफल गर्ने र आवश्यक निर्णय लिने विश्वास दिलाएका थिए ।

सांसद चौधरीले स्वर्गी गजेन्द्रनारायण सिंहदेखि लिएर हृदयेश त्रिपाठी, सरिता गिरी, अनिल झा, राजेन्द्र महतोले २०४८ सालदेखि संसदमा हिन्दी बोल्दै आएको स्मरण गराईन् । र, हिन्दी बोल्दैमा कोही भारतीय नागरिक नहुने पनि जिकिर गरेकी थिईन् । सांसद चौधरीले गंगा चौधरीले बोलेको कुरालाई रगत उमाल्ने अभिव्यक्तिको संज्ञा दिँदै त्यस्तो अभिव्यक्ति दिने सांसदलाई सचेत गराउन आग्रह गरिन् । File Photo/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्