Logo

भत्किएका घर बल्ल टालिने भए !



सुशिल बस्याल 

गाउँघरका मानिस आफ्नै गाउँ शून्य बनाएर भारी गुन्टा बोकि सहर तिर प्रबेश गरे। कोहि रोजगारिको लागि,अध्ययनको लागि ,सुख सयल शीत जिन्दगी बिताउन सहर तिरै आकर्षित भए। श्रीमान बिदेश पसे पश्चात् श्रीमतीहरु गाउमा नबस्ने सस्कार जस्तै भएको छ ।बिस्तारै शुन्य हुँदै रित्तिएका छ्न गाउँहरु । बिहान साझ घरगोठबाट निस्किएका धुबाले र लिपिएका दलानहरुले मान्छेको अस्तित्व बुझाएको छ। बुढाबुढीले सकुन्जेल त जोतिएका छन खेतबारी। ढिकी झातो बज्न छाडेको त बषौ भयो होला ? गाउँमा पाका मानिसहरु चौपारीमा बसि गफ गर्ने चलन पनि हट्यो।

केटाकेटी भेला भै दोबाटोमा भाडाकुटी खेल्न छाडे। हुन त ! गाउमा डोजरले नक्वाकेको कुनै ठाउँ छैन ।सहरमा जत्तिकै बाटो बिस्तार भएको छ। वर पिपल स्वामी सबै ढालिएका छन ।”चौपारी भत्की बाटो बन्यो उढि गयो चरी सबै”बादहरुले बस्ती बनाएको छ गाउका घरमा ,झारपातले ढाकेको छ सबै गाउँ बस्ती। के गरि बस्छन खोही बुढाबुढी ? कस्ले धपाउछ बादर ? पानीका पाईपका नाला घर वरिपरि बिछ्याइएको बर्षौ हुदा पनि धारा बाट पानी चुईदैन।बजार तिरकै हाउहाउले हल्लाएको छ गाउ! बुढाबुढिको कुरा कस्ले सुन्छ खोही ?बिदेशबाट छोराले आफ्नी श्रीमतिलाई पैसा पठाउछ ।

श्रीमतिलाई पठाएका पैसा जति ब्युटिपार्लरले पाएका छन । मान्छे नै नबस्ने ठाउँमा सहरमा जत्रै बाटो बनाएर को हिड्छ खोही ? अनुदानमा गोठ र गोबर ग्यास बनाएर कस्ले पाल्छ खोही भैंसी,गोरु। बुढाबुढि छोरा छोरी आउने बाटो हेरेर दिन बिताएका छन ,तर नफर्किएका ती छोराछोरीलाई जबर्जस्ति फर्काउने क्रममा छ !! कोरोना भाईरस । बिदेशमा रोजगारी नै गुमेपछी को बस्न सक्छ मरभुमी जस्तो ठाउँमा।श्रीमानले पैसा पठाउन छाडेपछी कसरी बस्न सक्छन सहरमा ! बस्न नसकिने अबस्था आएपछी प्यारो भयो गाउँ सुख सयल शीत बस्न सहर पसेका हरु सुखै नभए पछि प्यारो भयो गाउँ।

कुनै रोजगारि नपाएपछि प्यारो भयो आफ्नो माटो खनिने भए अब ती बाझा खेतबारी। दशैमा नटालिएका ती घरहरु अब बिस्तारै टालिने भए । दैलौ खुल्ने भयो ।जंगली जनाबर अब घरमा आउदैन कि ? पक्कै पनि बुढाबुढिको मनमा खुशी छाउने भयो । यहाको जलजमिनलाई उच्चतम प्रयोग गर्न सके बल्ल बन्छ देश र सबैजना एकजुट बनौ गाउप्रति सकारात्मक दृश्टिले हेरौ !बिकास निर्माणमा हातेमालो गरौ र बनायौ “समृद्ध नेपाल सुखी नेपाली ” “चहलपहल नै नभएको गाउँ फेरिन्छ अब सहरतिर गएका सबै फर्किन्छन जब सहरबाट खुशी हुँदै आउनुपर्छ लस्कर रितिरिबाज ,परम्परा जोगाउ सस्कार ”

सुशिल बस्याल

बगनासकाली ८ बराङ्दी बेलौतिखरक



प्रतिक्रिया दिनुहोस्