Logo

सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढ्यो



काठमाडौँ २६ जेठ : जेठ २६ गते सोमबार सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ८७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८७ हजार २०० रुपैयाँ ताेकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ८७ हजार ४०० रुपैयाँमा खरिद बिक्री भएको थियो भने तेजाबी सुन प्रतितोला ८७ हजार १०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

त्यसैगरी, सोमबार चाँदी पनि तोलामा ५ रुपैयाँ बढेर प्रतितोला ९३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।लकडाउनका कारण सुनको नयाँ मुल्य निर्धारण नगरेको महासंघले आइतबारदेखि नै सुनको भाउ निर्धारण गर्न थालेको थियो। लकडाउन पश्चात आइतबार सुनको भाउ एकैदिन १० हजार ४०० रुपैयाँले बढेको थियो।मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्