Logo

लिवियाली सङ्कटको राजनीतिक समाधान खोजिनुपर्ने : संयुक्त राष्ट्रसंघ



२६ जेठ : लिवियास्थित संयुक्त राष्ट्रसंघ सहयोग नियोगले लिबियाली सङ्कटको राजनीतिक समाधान खोजिनुपर्ने जनाएको छ ।

आइतबार लिवियामा रहेका सबै पक्षलाई संयुक्त राष्ट्रसंघको प्रायोजनमा हुने संयुक्त सैन्य आयोग वार्तामा रचनात्मक सुझावसहित सहभागिता जनाउन आग्रह गरिएको हो ।

नियोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “लिबियामा विगत एक वर्षदेखि विद्यमान सैन्य त्रासदीले के प्रमाणित गरेको छ भने लिवियाली नागरिकहरूबीचको कुनै पनि युद्धले द्वन्द्वरत कसैको जीत भएको छैन । त्यहाँ कुनै पक्ष वास्तविक विजयी हुन सक्दैन, राष्ट्र र यहाँका नागरिकको विशाल क्षति मात्र हुन्छ । यस पहिले नौ वर्ष द्वन्द्वको सामना गरेको लिवियामा स्थायी शान्तिका लागि सबै अग्रसर हुनुको उत्तम विकल्प अरू केही हुनेछैन ।”

सधैँजस्तो लिवियामा विद्यमान लामो सङ्कटको राजनीतिक समाधान पकड र नियोगमाथि अडेको छ र समावेशी लिवियाली–नेतृत्व र लिवियाली स्वामित्वको राजनीतिक प्रक्रियामा सुरू हुन जरूरी छ ।

खासगरी कोभिड–१९ को महामारीको सन्दर्भमा कानूनको शासन, अन्तर्राष्ट्रिय मानव अधिकार कानून मानवीय कानूनलाई मान्नु लिवियाली नागरिकको सुरक्षा र नागरिकका लागि स्वास्थ्य, विद्यालय, कैदजस्ता अन्य पूर्वाधारहरूबारे सोच्नु जरूरी हुने लिवियास्थित सबै पक्षलाई नियोगले सचेत गराएको बताइएको छ ।

लिवियाको पूर्वमा सक्रिय पूर्व शासक मोहमर गद्दाफी पक्षधर सैनिकले पूर्वमा सैन्य अभियानलाई एक वर्षदेखि तीब्र बनाएको छ भने त्रिपोलीलाई नियन्त्रणमा लिन रसंयुक्त राष्ट्रसंघको समर्थन प्राप्त सरकारलाई सत्ताबाट हटाउन खोजिरहेको छ ।

लडाईंमा सयौँ निरपराध सर्वसाधारणको मृत्यु भएको छ भने एक लाख ५० हजार नागरिक विस्थापित बनेका छन् ।सिन्ह्वा File photo



प्रतिक्रिया दिनुहोस्