Logo

सरिता गिरीको सांसद पद खोस्न सरकारलाई गुरुङको आग्रह, दिए राष्ट्रघातीको संज्ञा



काठमाडौं, २६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले जनता समाजवादी पार्टी, नेपालकी सांसद सरिता गिरीलाई राष्टघातीको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता गुरुङले सांसद गिरीको नाम नलिईकन एक जना सांसदले लिम्पियाधुरा नेपालको हो भन्ने कुरा स्विकार्दिन भनेको उल्लेख गर्दै नेपाली भूमिलाई नेपालको होईन भन्ने जोसुकै भएपनि राष्ट्रघाती हो भन्ने टिप्पणी गरेका छन् । त्यस्तै, उनले राष्ट्रघातीहरुको सांसद पद तत्काल खोस्नु पर्दैन् ? भन्दै हेल्लो सरकारलाई मेन्शन गर्दै प्रश्न गरेका छन् ।

सांसद गिरीले हिजो (आइतबार) राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै लिम्पियाधुरा नेपालको भाग हो भनेर आफूले स्वीकार नगर्ने अभिव्यक्ति दिएकी थिईन् । हेरौं उनले के भनेकी थिईन् :

‘लिम्पियाधुरा नेपालको भाग हो भनेर म पनि स्विकार गर्दिन्, तपाईले भनेर हुन्छ ?’ : गिरी (भिडिओसहित) 

गुरुङले ट्विटरमा लेखेका छन् ?-“एक जना सांसदले “लिम्पियाधुरा नेपालको हो भन्ने कुरा स्वीकार्दिनँ” भनेको समाचार माध्यममा आएको रहेछ। नेपाली भुमीलाई नेपालको होइन भन्ने जोसुकै भए पनि राष्ट्रघाती हो। त्यस्ता राष्ट्रघातीहरुको सांसद पद तत्काल खोस्नु पर्दैन @hello_sarkar ?”

Related News: 

सरिता गिरीलाई सांसद पद छोड्न वा आफ्नो भनाई फिर्ता लिन कमल थापाको सुझाव

 



प्रतिक्रिया दिनुहोस्