Logo

थप एक जनाको कोरोनाका कारण मृत्यु



चितवन, जेठ २७ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड आईसीयूमा उपचाररत एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

भरतपुर महानगर ११ का ६८बर्सिय पुरुषको उपचारकै क्रममा आज विहान मृत्यु भएको हो । हिजो सोमबारमात्रै नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार सारिएका मृतकलाई एक्कासी समस्या बढेको र प्रयास गर्दापनि बचाउँन नसकेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

अहिले मृतकको शव अस्पतालको आईसीयूमै छ । सोमबार स्याङजाका एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । अव नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्