Logo

डा. भीमार्जुन आचार्यद्धारा सभामुखको ध्यानाकार्षण, भौगोलिक अखण्डताविरुद्धका अभिव्यक्ति दिने सांसदलाई कारबाहीको माग



काठमाडौं, २७ जेठ । संविधानविद् डा. भीमार्जुन आचार्यले केही सांसदहरुको भौगोलिक अखण्डताविरुद्धका अभिव्यक्तिले देश र संसदको अवहेलना भएको टिप्पणी गरेका छन् । आचार्यले सांसदहरुको नाम नलिएपनि उनको टिप्पणी जनता सामाजवादी पार्टी, नेपालकी सांसद सरिता गिरी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. अमरेश कुमार सिंहप्रति लक्षित छ ।

सांसद सरिता गिरीले ‘लिम्पियाधुरा नेपालको भाग हो भनेर आफूले स्विकार नगर्ने अभिव्यक्ति दिएकी थिईन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद गिरीले लिम्पियाधुरा नेपालको भाग हो भनेर आफूले स्विकार नगर्ने बताएकी छिन् । गिरीको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा चौतर्फी विरोध तथा आलोचना भैरहेको सन्दर्भमा बरिष्ठ अधिवक्तासमेत रहेका संविधानविद् आचार्यको यस्तो टिप्पणी आएको हो ।

सामाजिक सञ्जाल ट्विटरमार्फत आचार्यले लेखेका छन्,’सार्वभौमसत्ता,भौगोलिक अखण्डता र स्वाधीनता संविधानका अपरिवर्तनीय ब्यवस्था हुन।केही सांसदहरुको भौगोलिक अखण्डता बिरूद्धका अभिब्यक्तिले देश र संसद्को अवहेलना भएको छ। सभामुखले त्यस्ता सांसदलाई सचेत गराउन,नसीहत दिन र तीन महिना सम्म कैद सजाय तोक्न सक्दछ।सभामुखको तत्काल ध्यानाकर्षण होस्।’

Related News: 

सरिता गिरीलाई सांसद पद छोड्न वा आफ्नो भनाई फिर्ता लिन कमल थापाको सुझाव 

‘लिम्पियाधुरा नेपालको भाग हो भनेर म पनि स्विकार गर्दिन्, तपाईले भनेर हुन्छ ?’ : गिरी (भिडिओसहित) 

सरिता गिरीको सांसद पद खोस्न सरकारलाई गुरुङको आग्रह, दिए राष्ट्रघातीको संज्ञा



प्रतिक्रिया दिनुहोस्