Logo

सरिता गिरीलाई स्पष्टीकरण लिनुपर्ने पक्षमा बाबुराम, महन्थ र उपेन्द्रले मानेनन् !



काठमाडौं, २७ जेठ । जनता समाजवादी पार्टी, नेपालकी सांसद सरिता गिरीले नेपालको भौगोलिक अखण्डताविरुद्ध बोलेको भन्दै उनलाई कारबाही गर्न र संसद पदबाट पनि हटाउन सामाजिक सञ्जालमा विभिन्न पार्टीका नेता र विद्धानहरुबाट आवाज उठिरहेको छ । तर, गिरीको पार्टीले भने अहिलेसम्म यसबारेमा कुने प्रतिक्रिया दिएको छैनन् । गिरीमाथि स्पष्टीकरण लिनुपर्ने चौतर्फी रुपमा दबाब भएपछि जसपाभित्र पनि गिरीलाई स्पष्टीकरण लिनुपर्ने कुरा उठेको छ । तर, अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले भने स्पष्टीकरण लिन आवश्यक नरहेको अडान लिएका छन् ।

एक नेताले दिएको जानकारीअनुसार गिरीको अभिव्यक्तिलाई लिएर पार्टीमाथि प्रश्न उठाईएकोले बरिष्ठ नेताद्धय अशोक राई र बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठले तत्काल गिरीलाई स्पष्टीकरण लिनुपर्ने अडान लिएका छन् । गिरीले प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै लिम्पियाधुरा नेपालको भाग हो भनेर आफूले स्विकार नगर्ने बताएकी थिईन् । File Photo

‘लिम्पियाधुरा नेपालको भाग हो भनेर म पनि स्विकार गर्दिन्, तपाईले भनेर हुन्छ ?’ : गिरी (भिडिओसहित) 

Related News: 

डा. भीमार्जुन आचार्यद्धारा सभामुखको ध्यानाकार्षण, भौगोलिक अखण्डताविरुद्धका अभिव्यक्ति दिने सांसदलाई कारबाहीको माग

सरिता गिरीलाई सांसद पद छोड्न वा आफ्नो भनाई फिर्ता लिन कमल थापाको सुझाव 

सरिता गिरीको सांसद पद खोस्न सरकारलाई गुरुङको आग्रह, दिए राष्ट्रघातीको संज्ञा



प्रतिक्रिया दिनुहोस्