Logo

अन्तरिक्षमा रहस्यमय रेडियो ढाँचा



एजेन्सी, २८ जेठ । अन्तरीक्षमा रहस्यमय रेडियोको ढाँचा फूटेर एउटै आवाज दोहोर्याइरहेको वैज्ञानिकहरुले जनाएका छन् । यस्तो प्रकारको रहस्यमय आवज दास्रो पटक वैज्ञनिकहरु सुनेको बताएका हुन् । उक्त रेडियोलाई फास्ट रेडियो बर्स्टको नाम दिएको हो । यसको तरंगहरु लामो हुने गर्दछ । लामो तरंग उत्पादन गर्ने क्षमताका कारण ध्वनी सुन्न वैज्ञानिकहरु सफल भएका हुन् ।

एक ढाँचा अन्तरगत यसले ध्वनी निर्माण गरिरहेका छ । प्रत्येक १६ दिनमा रेडियोले आफ्नो दोहोर्याइरहेको ध्वनी निकाल्ने गर्दछ । १२ दिनका लागी पुनः स्थिर हुने गर्छ । सन् २००७ मा फास्ट रेडियो बर्स्टको पत्ता लागेको थियो भने सन् २०१६ मा यसको पहिलो ध्वनी सुनिएको थियो । फास्ट रेडियो बर्स्टको ध्वनीको अनुसन्धानको क्रममा उक्त रेहियोको लिंक भने सानो आकाशगंगा सित जोडिएको जनाइएको छ । हाम्रो पृथ्वी भन्दा तीन खर्व वर्ष प्रकाश वर्ष टाढा रहेका छ । उक्त ध्वनीको अनुसन्धान भइरहेको जनाइएकोछ ।



प्रतिक्रिया दिनुहोस्