Logo

कर्णालीमा टिपर खस्यो, ३० जना बेपत्ता



काठमाडौं, २८ जेठ । यात्रु बोकेको टिपर कर्णालीमा खसेको छ । कालीकोटको लालीघाटबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर आज बिहान १० बजे कर्णालीमा खसेको प्रहरीले जनाएको छ । उक्त टिपर भारतबाट आएका नेपालीहरुलाई क्वारेन्टाइनमा पु¥याउन रासकोटतर्फ गएको थियो । उक्त टिपरमा ३० जनाभन्दा बढि सवार थिए । ना ८ ख ५१३३ नम्बरको टिपर कर्णाली नदीमा खसेर दुर्घटनामा परेको हो । अहिलेसम्म ६ जनालाई उद्धार गरिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्