Logo

ईयूको भूमिका महत्त्वपूर्ण



काठमाडौँ, २९ जेठ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युरोपियन युनियन (ईयू)का वैदेशिक तथा सुरक्षा नीतिका उच्च प्रतिनिधि तथा युरोपियन आयोगका उपाध्यक्ष जोसेफ बोरेलसँग टेलिफोन वार्ता गरेका छन् ।

त्यस क्रममा नेपाल र ईयूको सम्बन्ध तथा आपसी सहयोग लगायतका विषयमा गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस क्रममा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएका तथा यसबाट उत्पन्न मानवीय पीडाप्रति भावनात्मक अभिव्यक्तिको आदानप्रदान गरिएको थियो ।

साथै महामारी विरुद्धको साझा लडाइँमा ऐक्यबद्धतासमेत प्रकट गरिएको थियो । मङ्गलबार राति भएको वार्तामा मन्त्री ज्ञवालीले विश्वका विभिन्न देशमा ईयूले भाइरस रोकथामको तयारी र नियन्त्रणमा महìवपूर्ण भूमिका निर्वाह गरेको भन्दै सराहना गरेका थिए । उनले बोरेललाई ईयूले नेपालको विकास प्रयासमा गरेको दीर्घकालीन साझेदारीका लागि धन्यवाद दिए । बोरेलले ईयूको सहयोगलाई यसको ढाँचा अन्तर्गत नेपालको सामाजिक, आर्थिक विकासमा निरन्तर समर्थन रहने आश्वासन दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्