Logo

७४ लाख कोरोना संक्रमित, ४ लाख १५ हजारको मृत्यु



एजेन्सी, २९ जेठ । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ७४ लाख नाघेको छ । मृतक संख्या ४ लाख १८ हजार कटेको छ ।

वल्डोमिटरका अनुसार संक्रमित संख्या ७४ लाख ४६ हजार पुगेको छ । मृतक संख्या ४ लाख १८ हजार एक सय ३७ पुगेको छ । ३७ लाख २५ हजार मानिस निको भएका छन् ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा २० लाख ६६ हजार संक्रमितमध्ये १ लाख १५ हजारको निधन भएको छ ।

ब्राजिलमा ७ लाख ७५ हजार कोरोना संक्रमितमध्ये ३९ हजारको मृत्यु भइसकेको छ । रुसमा ४ लाख ९३ हजार, बेलायतमा २ लाख ९० हजार, स्पेनमा २ लाख ८९ हजार र भारतमा २ लाख ८७ हजार संक्रमित संख्या पुगेको छ ।

विश्वभर कोरोना संक्रमण बढेपनि धेरैजसो देशहरुले लकडाउन खुकुलो बनाउँदै लगेका छन् ।



प्रतिक्रिया दिनुहोस्