Logo

सरिता गिरीलाई तर्साएर जमिन फिर्ता आउदैन, राष्ट्रद्रोहीको आरोप लगाउनु गलतः जसपा नेता कर्ण



काठमाडौं, जेठ २९। जनता समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले पार्टी नेतृ सरिता गिरीले राष्ट्रियहित विपरित नबोलेकाले राष्ट्रद्रोहीको आरोप लगाउन नमिल्ने बताएका छन् । उनले संसदमा बोल्दै नबोलेको विषयलाई उचालेर एक नारीमाथि राज्यले अभद्र व्यवहार गर्न नमिल्ने भन्दै सडकमा छेकेर कुट्ने र घरमा आगोलगाउन जाने काम गलत भएको बताए ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहमा पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता कर्णले गिरीलाई कारवाहीका लागि आफ्नो पार्टीले विज्ञप्ती निकाल्न आवस्यक नभएको भन्दै बाहिर आएको विज्ञप्ती संघीय समाजवादी पार्टीको भएको बताए । उनले अहिले सम्म पार्टी एक नभएको र संसदीय दलको संयुक्त बैठक समेत नबसेकाले गिरीमाथि पार्टीबाट कारवाही नहुने धारणा राखे।

उनले गिरीले राष्ट्रियहित विपरित संसदमा बोलेको भए सभामुखले अनुशासनको कारवाही गर्न सक्ने भन्दै भोली पार्टी एक भएपछि बोलेको कुराको प्रमाण भेटिए र आवश्यक ठाने पार्टीले पनि कारवाही गर्न सक्ने बताए । संसदमा गिरीले नक्साले मात्र जमिन फिर्ता नआउने र यो विषयमा भरतसँग सोधेर गर्नुपर्ने भनि राखेको भनाई राष्ट्रघाती नभएको कर्णको तर्क छ ।

उनले भने ,‘सरिता गिरीलाई कारवाहीको कुरा आएको छ तर, प्रमाण छैन । हाम्रो पार्टी पनि एक भएको छैन । संसदीय दलको ज्वाइन्ट बैठक भएको छैन । उनी कहा बोलिन रेकर्ड हुनुपर्यो । संसदमा बोलेका विषयमा अनुसासनको कारवाही गर्ने कुरा सभामुखको हो । त्यसपछि पार्टीले आवस्यक परे कारवाही गर्छ । गिरीले संसदमा बोल्दा पनि त्यस्तो भनेको हैन । उहाँले नक्सा निकाल्दा जग्गा फिर्ता हुदैन भनेको हो भारतसँग सल्लाह गरेर गरौ भनेको हो’ ।

गिरी भन्दा यसअघिका शासकहरु देश द्रोही भएको भन्दै नेता कर्णले भने,‘माथि आरोप लगाउनु हुदैन । यो देश सरिता गिरीको पनि हो । सरिता गिरीले लिपुलेक भारतको भन्दैमा हुन्छ । सडकबाट सरिता गिरीलाई हटाउन सक्दैन । म सरिता गिरीको प्रबक्ता छैन । उ मेरो पार्टीको हैन । हाम्रो पार्टी बक्तब्य निकालेको हैन । त्यो समाजवादी पार्टीले निकालेको हो । १९५० सन्धी सरिता गिरीले गरेको हैन । त्यहाँ सेना राख्न गिरीले दिएको हैन । अहिले सम्म सरिता गिरीले जमिन फिर्ता नलिएको हैन् । राष्ट्रितामा आच पुर्याउने सरिता गिरी हैन, यो देशका शासक हुन । सरिता गिरीलाई तर्साएर जमिन फिर्ता हुदैन’।

त्धष्ततभचँबअभदययप



प्रतिक्रिया दिनुहोस्